
सुस्ता।स्थानीय तह तथा सरकारी कार्यालयहरुको गत आ.व. २०८०।०८१ को वार्षिक प्रगति अन्तर्गत बित्तीय प्रगति मुल्यांकनमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका जिल्लामै पहिलो भएको छ ।
गत आ।व। २०८०।०८१ को चालु खर्च तर्फ ७९.९३ प्रतिशत,पुँजिगत खर्च तर्फ ८७.१५ प्रतिशत गरी कुल खर्च ८२.९१ प्रतिशत खर्च गरी पालिकाले उत्कृष्ट वित्तिय प्रगती हासिल गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले बताए।
“बिगतका दिन भन्दा हामिले फरक अभ्यास गरेका छौ,आन्तरिक राजश्वमा वृद्धि गरिएको छ।सबै कुरालाई विधि पद्धति सगै कार्यान्वयनको तहमा लैजान फरक अभ्यास गर्नु पर्छ भन्ने नै हो,जुन कुरा आम नागरिकको सेवा सग प्रत्यक्ष जोडिन्छ ति कुरालाई अझ सरलीकरण गरेर लैजानु पर्छ ।एकै पटक नतिजा न आउन सक्छ,क्रमिक रुपमा देखिदै जाने प्रमुख प्रशासकिय अधिकृत भुसालले भने।
आन्तरिक राजश्व तर्फ डेढ करोड बढी लक्ष्य लिईएकोमा लक्ष्यको झण्डै २ सय ७ प्रतिशत बढी(४ करोड ७७ लाख) राजश्व संकलन गरिएको पालिकाले जनाएको छ ।
जिल्ला समन्वय समिति कार्यालय नवलपरासीले आयोजना गरेको जिल्ला अन्तर्गत सम्पूर्ण स्थानीय तह तथा सरकारी कार्यालयहरुको गत आ.व. २०८०।०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा सुस्ताले जिल्ला भरिमा नै उत्कृष्ट वित्तिय प्रगति हाँसिल गर्न सफल भएको गाउँपालिकाले जनाएको छ।