ट्रेन्डीङ्ग

सुस्तामा हजुरबा नाति मृत फेला

परासी । पश्चिम नवलपरासी २ जना मृत फेला परेका छन् । जिल्लाको सुस्ता गाउपालिका-३ मर्चाहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र ११ बर्षीय गौचरण चमार मृत फेला परेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सुचना अधिकारि डिएसपी रेशम बोहराले जानकारी दिए  ।

मृत फेला परेका हजुर बुबा र नाति हुन ।

विगत ५ वर्षदेखि नारायणी नदि ५ नम्बर ठोक्कर सिमेन्टको कच्ची खपट्टोले छाएको छाप्रोमा बस्दै खेतिपाती गर्दै आईरहेका थिए।

मृतक यक्षलालको घरमा छोराबुहारी , ३ नातिनातिना बस्दै आएका थिए । छोरा रोजगारको सिलसिलामा भारत गएपछी १ महिनादेखि बुहारी १ नाती र १ नातीनी सहित माइत बस्दै आएको प्रहरीले जनाएको छ । घरमा हजुर बा र नाति मात्र बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख एव प्रहरी उपरिक्षक काजीकुमार आचार्यको कमाण्डमा तालिम प्राप्त कुकुर परिचालन गरि घटनाको अनुसन्धान भैरहेको डिएसपी बोहोराले बताए  । जिल्लामा पछिल्लो समय लुटपाट र हत्याका घटना बढे सगै सुरक्षामा चुनौती थपिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal