ट्रेन्डीङ्ग

नेपाल शिक्षक संघ नवलपरासीको २५ औं प्रतिनिधि सभा सम्पन्न

सुनवल।नेपाल शिक्षक सघं नवलपरासीको २५ औं प्रतिनिधि सभा सम्पन भएको छ । शिक्षक सघ नवलपरासीका अध्यक्ष भोजराज चापागाईको अध्यक्षता तथा नेपालि काग्रेस केन्द्रिय सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य बद्री पाण्डेयको प्रमुख आतिथ्यतामा शनिबार सुनवल १२ भुमहिमा सम्पन्न भएको हो ।

कार्यक्रममा सघको कार्यसमितिको वार्षिक गतिविधि र आगामी कार्ययोजना समावेश गरि गुरु गौरब नामका स्मारिका  प्रविधिको प्रयोग गर्दै पहिलो पटक क्विआर (qr)मार्फत प्रकाशन गर्दै प्रमुख अतिथि पाण्डेयले शिक्षकहरुको मागहरु सम्बोधन हुने गरि विधालय विधेयक ल्याउने गरि काम गरिएको बताए।

कार्यक्रममा लुम्विनी प्रदेश सासद विश्व प्रेम पाठक,नेपाल शिक्षक सघका निवर्तमान अध्यक्ष एव विश्व शिक्षक महासघ एसिया प्रसान्त क्षेत्रीय सदस्य,नेपालि कांग्रेस लुम्विनी प्रदेश महामन्त्री विक्रम खनालले समाज परिवर्तनमा शिक्षकको भुमिका अतुलनीय हुने भन्दै गुणस्तरीय र व्यवहारिका ज्ञान दिनु पर्नेमा जोड दिएका थिए।

जिल्ला कार्यसमितिका कार्यबाहक सभापति बिक्रम प्रसाद यादव, नेपाल शिक्षक सघका सघिय सदस्य नेत्रलाल न्यौपाने, प्रदेश उपाध्यक्ष सीता शर्मा,नेका जिल्ला सचीव एवं प्रतापुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादव, जिल्ला सदस्य मोहन शर्मा , क्षेत्रीय सभापति माधव प्रसाद पान्डे, नेका प्रदेश सभापति दिपक भुसाल , हिस्टुन केन्द्रिय सदस्य  चुडामणि भण्डारी, राहत शिक्षक जिल्ला अध्यक्ष ताराप्रसाद न्यौपाने, पुर्व अध्यक्ष भबिस्वर पान्डे, उपाध्यक्ष शुक्रराज भट्टराई , पालिका अध्यक्षहरुमा खेमलाल शर्मा जोशी , रमेश लम्साल , बिरेन्द्रकुमार कुर्मी, राजकुमार शर्मा,  शिक्षक महासघ सुनवलका सस्थापक अध्यक्ष बाबुराम पान्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल शिक्षक सङघमा आवद्ध निवृत शिक्षकहरुलाई सम्मान समेत गरिएको उपाध्यक्ष अरविन्द्र पाठकले जानकारी दिए।

कार्यक्रम महिला उपाध्यक्ष शिवा रेग्मीको स्वागत र सचिव इन्द्र बहादुर चौधरीको संचालनमा रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal