
सुनवल।पश्चिम नेपालको महाकालिवाट सुरु गरेका मिटर व्याज पिडितहरुले न्याय मार्च गर्दै ११ औें दिन पश्चिम नवलपरासी आइपुगेका छन।
मिटर व्याज तथा ठगि विरुद्ध किसान मजदुर संघर्ष समितिले मिटर ब्याज सम्बन्धी कानुन संशोधन र न्यायिक आयोग गठन गर्नुपर्ने लगायतको ६ बुँदे माग राख्दै मेची-महाकालीबाट एक साथ शान्तिपूर्ण पैदल यात्रा सुरु गरेकोे जनाएको छ।
राज्य गम्भिर वन्नुपर्ने भन्दै उच्च स्तरीय अधिकार सम्पन्न अयोगको वन्नुपर्ने, मिटरव्याजीका मुद्धाहरु हेर्नुपर्ने, एकद्धावर प्रणालीबाट पिडितहरुको समस्या समाधन गर्नकोलागी शान्ति पुणर् पैदल यात्रा गरेको मिटर व्याज तथा ठगि विरुद्ध किसान मजदुर संघर्ष समितिका प्रर्वक्ता मृग नविनको भनाई छ ।
यता मिटर व्याज पिडितहरु सरकाले साहु दलालहरुलाई नै सहयोग गरेको भन्दै शान्तिपुर्ण सडक सघर्षमा उत्रिएको वताएका छन।
गत माघ १६ गते दखि महाकालिको जिरो पोइन्टबाट प्रर्वक्ता र पुर्वको मेची पुलबाट समितिका केन्द्रीय अध्यक्ष अवधेश कुश्वाहा नेतृत्वमा मिटर व्याज विरुद्ध न्याय मार्च गरेको हो । पश्चिमबाट र पुर्वबाट न्याय मार्च गरेको टोलि चितनवमा सामेल भई काडमाडौं केन्द्रित न्याय मार्च गर्ने संघर्ष समितिले जनाएको छ ।
११ दिन सम्म लामो यात्रा गरेका मिटर ब्याज पिडीतहरुको खुट्टा सुन्नीएको छ भने सडकमै जाडो समयमा वस्ने र हिड्ने गर्दा स्वास्थ्यमा समेत समस्या देखिएको छ ।