ट्रेन्डीङ्ग

कर्मचारीहरुको ट्रेड युनियनले गर्दा काम गर्न असहज : पुर्व कानुन मन्त्रि प्रधान

  • महाकवी देवकोटाको ६४ ऑ वार्षिकोत्सव सम्पन्न
  • सुनवल । महाकवी देवकोटा नमुना माविले ६४ औ वार्षिकोत्सव एव अभिभावक दिवस मनाएको छ । विद्यालयले गत माघ २२ गतेदेखि विविध कार्यक्रम गर्दै माघ २६ गतेसम्म वार्षिकोत्सव मनाएको हो ।

    वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य एव पुर्व कानुन मन्त्री धुर्व बहादुर प्रधानले कर्मचारीहरुको ट्रेड युनियनहरु गर्दा काम गर्न असहज हुने गरेको बताए । महाकवी लक्ष्मी प्रसाद देवकोटा र मुनामदनलाई वर्तमान समयमा उत्तिकै महत्व दिनुपर्ने बताउदै इतिहासलाई सम्मान गर्दै विद्यालयमा राजनैतिक क्षेत्रबाट टाढा हुनुपर्नेमा जोड दिए । प्रधानले सुनवलमा शैक्षिक सग सगै सबै पक्षको सम्भावना रहेकाले अनुशासनले नै सस्कारयुक्त युवाहरुको उत्पादनमा मद्दत् पुग्ने भन्दै देवकोटा त्यसको उदाहरण देखिएको बताए । उनले कार्तयोजना बढाउन चुनौती रहेतापनि सुनवलको भविस्य राष्ट सग जोडिएको बताउदै गुणस्तरीय शिक्षाका लागि आवश्यक आफुले पहल गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए ।

    त्यसै कार्यक्रममा पुर्व गृह राज्यमन्त्री एव नेका नेता देवन्द्र राज कंडेलले विद्यालयले नवलपरासीको दक्षिणी भेग र उत्तरी भेगका जनतालाई जोड्ने माध्यम बनेको बताउदै जिल्लामा मात्र नभई राष्ट्रको पहिचानको रुपमा अगाडि बढेको बताए। विद्यालयले प्राविधिक शिक्षामा क्षेत्रमा जोड दिनुपर्ने बताए । विकास र राजनीति भिन्न क्षेत्र भएकोले विगतको विकासमा जग हाल्ने व्यक्तिलाई विर्सन् नहुने बताउदै राजनितिमा ईश्यार्लु र इख लिन नहुने र जित हार स्विकार्दै अगाडी बढ्नु पर्नेमा जोड दिए ।

    कार्यक्रममा  लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले शिक्षण सिकाई क्रियाकलापमा परिवर्तन गर्नुपर्ने भन्दै पढाईमा मात्रै होइन सगै सिकाइलाई जोड्दै शिक्षालाई जीवन व्यवहारमा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा सुनवल नगर प्रमुख विमला अर्याल ,सस्थापक नगर प्रमुख भिम बहादुर थापा , वडा नम्बर ४ का अध्यक्ष बालकृष्ण पंगेनी ,पुर्व व्यवस्थापन समति अध्यक्ष बिष्णु प्रसाद पौडेल र पुर्व शिक्षक कृष्ण लामिछानेले सुनवलमा सामुदायिक विद्यालयले उल्लेखनीय परिवर्तन गरेकोले अब व्यवहारिक ,नैतिक शिक्षा र प्राविधिक शिक्षामा सगै उत्पादन सहितको शिक्षण सिकाई क्रियाकलापमा जोड दिनुपर्ने भनाइ राखेका थिए ।

    विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रध्यानाध्यापक खेमलाल शर्माले हाल २२ सय विद्यार्थीहरु रहेकोमा २५ सय विद्यार्थी पुरियाउने लक्ष्य रहेको बताए । त्यस्तै अध्यक्षको प्रतिवेदन प्रस्तुत गदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले विद्यालयको गुणस्तर वृद्धिको लागी उच्चतम प्रविधिहरु सहित दक्ष जनशक्तिको प्रयोगमा जोड दिएको वताए ।

    गत माघ २२ गतेदेखि २६ गते सम्म विविध कार्यक्रम सहित वार्षिकोत्वस कार्यक्रममा अन्तर विद्यालय भलिवल प्रतियोगीता, अभिभावको घटौं फोर्ड कार्यक्रम लगाएत विद्यालयले आफ्नो अत्तिरिक्त कृयाकलापहरु समेत गरिएको विद्यालयले जनाएको छ । वार्षिकोत्वस कार्यक्रममा विद्यालयका पुर्व शिक्षक अक्षयकोष दाता एवं पुर्व विद्यालय संचालक कृष्ण देवकोटाले विद्यालयको ऐतिाहासिक पक्षलाई औल्याउदै विद्यालयको प्रगतिको लागी सवैको योगदानको स्मरण गरेका थिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?