सुनवल । पश्चिम नवलपरासीको सुनवल-१० मा संचालित वडा अध्यक्ष नकआउट फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ३ ले जितेको छ।फाइनल खेलमा वडा नम्बर १२ लाई पेनाल्टी सुट आउटमा ३ का विरुद्ध ४ गोलले हराउदै उपाधी जितेको हो।फाइलन खेल निर्धारित समयमा दुवै टिमले २-२ गोल गरेर पेनाल्टि सुट आउटमा पुगेका थिए।
मनकामना युवा क्लबको आयोजनामा भएको प्रथम वडा अध्यक्ष अन्तर वडा नकआउट फुटबल प्रतियोगितामा विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर १२ ले २५ हजार ५ सय २५ रुपैयाँ सहित ट्रफी प्राप्त गरेको छ ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोल रक्षक वडा नम्बर १२ का माधव तिवारी,सर्वाधिक गोलकर्ता वडा नम्बर १२ का बिनोद केवट,उत्कृष्ट डिफेन्डर वडा नम्बर ३ का टोसन थापा,उत्कृष्ट मिडफिल्डर वडा नम्बर ३ कै अमित थापा घोषित भए ।
प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गर्ने वडा नम्बर ३ का तनिश गुरुङ म्यान अफ द टुर्नामेन्ट घोषित भएको मनकामना युवा क्लबका खेलकुद संयोजक जितु पुनले जानकारी दिए।
मनकामना युवा क्लबको आयोजनमा गत माघ १३ गतेदेखि सुरु भएको प्रतियोगितामा सुनवल नगरपालिकाका १३ वडाकै सहभागीता जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका संसद खडक बस्नेतले भौतिक बिकासले मात्रै सर्वाणिङ्ग बिकास नहुने बताए । बस्नेतले खेल क्षेत्रलाई पनि समानतर तरिकाले लैजानु पर्ने बताउदै मैदानको स्तर उन्नति साथै प्याराफिट निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्न बताए।
समापन कार्यक्रम वडा नम्बर १० का कार्यवाहक वडा अध्यक्ष मोहन बुढाथोकीको अध्यक्षता एव जित बहादुर पुनको स्वागत तथा जगत पौडेलको संचालनमा रहेको थियो।कार्यक्रम सुनवल नगरउप प्रमुख सुर्यप्रसाद दुवे,वडा नम्बर – ३,४,५,८,१२ का वडा अध्यक्षहरु , जिल्ला खेलकुद बिकास समिति उपाध्यक्ष रमेश कर्मचार्य लगायतको उपस्थित रहेको थियो ।