
सुनवल । धान्यान्चल महायज्ञ माध्यामिक विद्यालयले ३६ औं बार्षिकोत्वस मनाएको छ । विद्यालयले बुधबार
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा अभिभावक दिवस एव पुरस्कार वितरण सहित विविध कार्यक्रम गरि मनाएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले विद्यालयको भौतिक तथा शैक्षिक प्रगति प्रंसनिय भएको बताए । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि शिक्षक र व्यवस्थापन समितिले मात्र नभएई अभिभावकको पनि महत्त्वपूर्ण भुमिका हुने बताउदै विधार्थीलाई घरमा पनि पढाईको चासो दिन जोड दिए ।
सांसद बस्नेतले सामुदायिक विद्यालयको शैक्षिक सुधारको अभियानमा सगै भएको बताए ।
विद्यालयका प्राचार्य ऋषिराम भण्डारीले वार्षिक प्रगति र आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । बालबिकासदेखि कक्षा १२ सम्म ७२८ विधार्थीले अध्ययन गर्ने र शिक्षक कर्मचारी गरेर ४२ जना कार्यरत रहेको जानकारी दिए । प्राविधिक र व्यवसायी शिक्षामा अगाडि बढाउने र विधार्थीलाईसंग जोडिएर गुणस्तरीय शिक्षामा अगाडि बढाउने योजना भएको प्राचार्य भण्डारीले बताए ।
कार्यक्रममा सुनवल नगरपालिका प्रवक्ता एवं वडा १३ का अध्यक्ष कृष्णप्रसाद बगालेले सामुदायिक विद्यालयमा पढ्ने गरिब तथा विपन्न परिवारका बालबालिकालाई कक्षा ५ सम्म नि:शुल्क पढाउन घोषणा गर्दै सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि हातेमालो गर्न तयार रहेकोे समेत बताए ।
शिक्षा शाखा प्रमुख विष्णु गोतामेले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नगरबाट तलब भत्ता खाने मात्रै नभई सामाजिक तथा राजनीति व्यक्तिले सामुदायिक विद्यालयमा पढाउन अपिल गर्दै सामुदायिक अपन्त्व लिए मात्र विद्यालयको शैक्षिक तथा भौतिक प्रगति हुने विश्वास व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यप्रसाद न्यौपानेको स्वागत सगैं सुरु भएको कार्यक्रमको शिक्षक रामराज श्रेष्ठको संचालनमा रहेको थियो ।
कार्यक्रममा विविन्न बिधामा सहभागी विद्यार्थीलाई सम्मान गरिएको र जेहन्दार विद्यार्थी छात्रवृत्ति वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थी र शिक्षकले विविध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।