
नवलपुर।पुर्बी नवलपरासीको कावासोती नगरपालिका १७ मा अमलटारी सामुदायिक होम स्टे सन्चालनमा आएको छ। थारु,कुमाल,मगर लागाएत स्थानीय जातजातीको परम्परागत शैली र पर्या पर्यटनको प्रबर्द्धन गर्न होम स्टे सन्चालनमा ल्याइएको हो ।
२०७६ सालबाटनै सन्चालन गर्ने तयारी भएपनी कोरोना महामारीको कारण पुर्णरुपमा सन्चालन हुन सकेको थिएन।बिहिबार एक कार्यक्रमका बिच होम स्टे एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रेम शन्कर मर्दनियाले औपचारिकरुपमा उद्घाटन गरे।
मौलिक पहिचान जगेर्ना गर्दै स्थानियको आयआर्जनमा टेवा पुर्याउन होम स्टे प्रभाबकारी हुने मर्दनियाने बताए ।
होम स्टेमा थारु ,मगर कुमाल ,घर्ती जातिको मौलिक पहिचान ,परिकारको साथै नारायणी नदिमा डुङा सयर , जङल सफारी लगायतको सुबिदा रहेको अमलटारी
सामुदायिक होम स्टेका सदस्य भिम घर्तीले बताए । पुर्बपश्चिम राजमार्गको डन्डाबाट ९ किलोमिटर दक्षिण अमलटारी गाउँ पुग्नुपर्दछ ।