
परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका – १५ सुक्र्यौलीमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुक्र्यौलीमा सम्पन्न शिविरबाट ३ सय किसान परिवार लाभान्वित भएका छन।
लुम्बिनी प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय रुपन्देहीको आयोजना र नेपाल भेटनरी एसोसिएसन लुम्बिनी प्रदेश सहकार्यमा उक्त शिविर आयोजना गरेको हो।
लुम्बिनी प्रदेशमा पछिल्लो समय लम्बीस्किनको समस्या देखिएकोले शिविर संचालन गरिएको हो साथै पशुमा लाग्ने जुनसुकै रोगलाई उपचार र परामर्श लक्षित शिविर संचालन गरिएको बताइएको छ।
भैसिमा बाझोपन, दुब्लोपन,निमोनिया र पोषण सम्बन्धि समस्या देखिएको बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोग विरुद्धका औषधि वितरण गरिएको पशुपक्षी तथा मत्स्य बिकास निर्देशनालय प्रमुख प्रवेश सिहं कवरले बताए।
शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिएको र पशुरोगबाट बच्ने उपायबारे परामर्स पनि प्रदान गरिएको छ ।
पशुपक्षी तथा मत्स्य निर्देशनालयको एक यश आर्थिक वर्षमा प्रदेशका दुई जिल्लामा शिविर संचालन गर्ने उद्देश्य सहित नवलपरासी र पाल्पा जिल्लामा पशुस्वास्थ्य शिविर संचालन गरीने निर्देशनालयले जनाएको छ ।