ट्रेन्डीङ्ग

सुस्ता गाउपालिकाको १४ औं गाउँ सभा सम्पन्न

सुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले १४ औं गाउँ सभा आज बिहिवारको दिन सम्पन्न गरेको छ।गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षता, लुम्बिनी प्रदेशसभा सदस्य देवकरण प्रसाद कलवार(सन्तु)को प्रमुख अतिथ्यतामा र जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती प्रसाद यादव(रुदल)को बिशेषअतिथ्यतामा पालिकाले १४औं गाउँसभा सम्पन्न गरेको हो ।

सभामा सुस्ता गाउँपालिकाको शिक्षक तथा बिधालय कर्मचारी कामकाजमा खटाउने सम्बन्धि कार्यबिधी २०८० , सुस्ता गाउँपालिकाको ब्यवसाय दर्ता तथा नवीकरण सम्बन्धि कार्यबिधी २०८०,सुस्ता गाउँपालिकाको कृषि तथा पशुपालन कृषक समिति दर्ता तथा नवीकरण सम्बन्धि कार्यबिधी २०८० , सुस्ता गाउँपालिकाको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यवस्थापन कार्यबिधी २०८०,सुस्ता गाउँपालिका खेलकुद बिकास समिति गठन तथा संचालन सम्बन्धि कार्यबिधी २०८०,सुस्ता गाउँपालिकाको आर्थिक सहायता सम्बन्धि कार्यबिधी २०८० र अध्यक्ष शिक्षित रोजगार कार्यक्रम संचालन कार्यबिधी २०८० गरि ७ वटा कार्यबिधी पेश भएको छ भने पेश गरिएको कार्यबिधीको सभाका सदस्यहरुले थप अध्ययन गरि यहि पुस १० गतेको बैठकबाट पास हुने भएको छ ।

सभाको सदस्य एवं सुस्ता गाउँपालिका कि उपाध्यक्ष गिता चौधरीले आर्थिक बर्ष ०८०/०८१ को निति तथा कार्यक्रमको प्रगति प्रतिबेदन सभामा पेस गरेकी थिइन र पालिका कि उपाध्यक्ष चौधरीले पेश गरेको कार्यक्रमको प्रगति प्रतिबेदन सभाले पास गरेको छ ।

सभामा उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको निति तथा कार्यक्रमको प्रगति प्रतिबेदन अनुसार हालसम्म पालिकाले कृषितर्फ २ सय ४० जना कृषकहरुलाई निशुल्क रूपमा तरकारीको मिनि कीट वितरण, ६९ वटा कृषक समुह दर्ता भइ संचालनमा आएको,रासायनिक मलखाद वितरणको लागि १० वटा सहकारी संस्थालाई अनुमानि दिएको त्यस्तै पशु सेवातर्फ १ सय ६३ जना कृषकलाई घासको बीउ वितरण,पशुजन्य औषधि १ सय २५ जना कृषकलाई नि:शुल्क वितरण गरिएको प्रतिबेदनमा उल्लेख छ ।

सामुदायिक बिधालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन विद्यार्थीको अनुपातमा पालिकाले शिक्षक भर्ना गरेको,स्थानीय पाठ्यक्रम निर्माण अन्तर्गत हाम्रो सुस्ता नामक पुस्तकको लेखन कार्य अघि बढेको,हालसम्म ४ सय ३० जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र वितरण,२ सय २३ जनालाई अपाङ्गता परिचयपत्र वितरण,५ सय १ वटा जन्मदर्ता,१ सय १ वटा मृत्युदर्ता,१ सय ८८ वटा विवाह दर्ता,७ वटा सम्बन्ध बिच्छेद र १४ वटा बसाइँसराइ दर्ता गरि ८ सय ३४ वटा व्यक्तिगत घटना दर्ता भएको छ ।

त्यसैगरी १ सय १५ व्यवसाय दर्ता भएको मध्ये ४८ वटा व्यवसाय फर्मको नवीकरण भएको,१० वटा घ वर्गको निर्माण व्यवसायी फर्म दर्ता भएको,वार्ड न १ र वार्ड न ५ मा प्रयोगशाला सेवा विस्तार गरिएको,३५ स्थानमा पोषिलो खाना प्रदर्सन गरिएको छ भने भौतिक पुर्वधार तर्फ ३७ वटा योजनाहरु उपभोक्ता समिति मार्फत संचालन हुने गरि सम्झौता भएको र १ वटा योजना सम्पन्न भइ भुक्तानीको अन्तिम चरणमा रहेकोे,५ वटा योजना बोलपत्र मार्फत ठेक्का सूचना प्रकाशित गरिएको र २ वटा ठेक्काको योजना सम्पन्न भइ भुक्तानी भएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

सभामा पेश भएको यस आर्थिक बर्षमा हालसम्मको कार्य प्रगतिको क्षेत्रगत अनुसार हेर्ने हो भने चालू खर्च तर्फ ८ करोड १५ लाख ८६ हजार ४ सय ६ रुपैया प्रतिशतमा २८ प्रतिशत रहेको छ भने जसमध्ये आर्थिक बिकास तर्फ २६ लाख १२ हजार ४ सय ७१ रुपैया प्रतिशतमा १५ प्रतिशत ,समाजिक बिकास तर्फ ६ करोड ३२ लाख ६९ हजार ७ सय ८१ रुपैयाँ प्रतिशतमा ३१ प्रतिशत,सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ११ लाख १० हजार ९ सय ९२ रुपैया प्रतिशतमा ९.२६ प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक तर्फ(तलब भत्ता समेत)१ करोड ४५ लाख ९३ हजार १ सय ६२ रुपैया प्रतिशतमा २५.२२ प्रतिशत प्रतिबेदनमा उल्लेख छ भने त्यस्तै पुजीगत तर्फ कुल खर्च १ करोड ७ लाख ६१ हजार ८ सय ६ रुपैया प्रतिशतमा ५.३५  प्रतिशत मध्ये आर्थिक बिकास तर्फ १२ लाख ६७ हजार ९७ रुपैया प्रतिशतमा ७ प्रतिशत,समाजिक बिकास तर्फ १ लाख ९२ हजार ६ सय ७४ रुपैया प्रतिशतमा ४.२८ प्रतिशत पुर्वधार तर्फ ८८ लाख ५२ हजार ३ सय ८० प्रतिशतमा ५.३८ प्रतिशत,सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ २ लाख ५० हजार प्रतिशतमा ५.३८ प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक तर्फ १ लाख ९९ हजार ६ सय ५५ रुपैया प्रतिशतमा २.०४ प्रतिशतको खर्च सभामा सभाको सदस्य एवं पालिकाकी उपाध्यक्ष गिता चौधरीले पेश गरेको प्रतिबेदन सभाले पास गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?