ट्रेन्डीङ्ग

पाल्पा टिपर दुर्घटना एक जनाको मृत्यु , दुई घाइते

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

रा १ ख २४०४ नम्बरको टिपर बिहीबार बेलुका करिब साढे आठ बजे रिब्दीकोट गाउँपालिका-२ लघुवामा दुर्घटना हुँदा पाल्पाको रिब्दीकोट गाउँपालिका-३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरीका प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका-१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका-५ का हिमाल घर्ती गम्भीर घाइते भएका छन ।

घाइतेहरुको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?