ट्रेन्डीङ्ग

लुम्बिनी प्रदेशमा सरकारी कर्मचारीले ‘महिनावारी बिदा’पाउने

दाङ । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन ।

प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ‘महिनावारी बिदा’ को व्यवस्था गरेको हो ।

प्रदेश निजामतीको सेवा ऐन गत असार २२ गते प्रदेश सभामा दर्ता भएको थियो । दर्ता भएको विधेयक दफावार छलफल भइ भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो ।

प्रदेश निजामती सेवा ऐनको दफा ११७ को (१) (ग) मा यस्तो बिदाको व्यवस्था गरिएको छ । महिला कर्मचारीलाई यस अघि प्रसुति बिदा दिने गरिएकोमा लुम्बिनी प्रदेशमा अब महिनाबारी बिदा पनि थपिएको हो।

महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिए अनुसार हुनेछ । नियमावली सरकारले कहिले बनाएर पारित गर्छ त्यसपछि बिदा लागू हुनेछ । प्रदेश निजामती ऐनको विधेयक दर्तामा महिनावारि विदा सहित ३५ बुद्दे संशधन पश्चिम नवलपरासी क्षेत्र २(क) सांसद खड्ग बस्नेत पेश गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?