ट्रेन्डीङ्ग

भुकम्प पीडितलाई प्रतापपुर गाउँपालिकाले दुई लाख २५ हजार आर्थिक सहयोग गर्ने

प्रतापपुर।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले भुकम्प पीडितको उद्दार र राहतका लागि आर्थिक सहयोग गर्ने भएको छ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार र राहतका लागि २ लाख २५ हजार रुपैया आर्थिक सहयोग गर्ने प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवद्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भूकम्प पीडितहरुको उद्धार,राहत,पुनस्र्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि मानविय सेवा अभियानमा जुटन विश्वभरका सम्पुर्ण नेपालीहरुलाई अध्यक्ष यादवले आग्रह गरेका छन।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामी डाडाँ केन्द्रविन्दू बनाएर गएको ६.४ म्याग्निुच्युको भुकम्प सय बढीको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश सरकार सँगै प्रदेशमा रहेका विभिन्न पालिकाहरुले पनि पछिल्लो समय सहयोग गर्दै आएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?