
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले गरिबविपन्न परिवारको लागि बनाइदिने भएको छ ।
प्रमुख देव बहादुर खाण(इस्वर)ले गरिवविपन्न नागरिकको सुखदुःखमा सेवा गर्ने उदेश्य बोकेर आफू नगर प्रमुख भएको र निर्वाचनमा बाचा गरे अनुसार ५ परिवारको घर निर्माण गरिदिन लागेको बताए ।
मानवताको सेवा पहिलो प्राथमिकता ठानेर यो वर्ष ५ परिवारको लागि आवास निर्माण गर्ने तयारी गरेको बताए । नागरिकको सुखदुःखमा साथ दिनु नगरपालिकाको कर्तव्य ठानेर घर बनाइदिने तयारी गरेको उनको भनाइ छ ।
चापाकोट नगरपालिकाले यस वर्ष वडा नं.७ का सीता दर्जी वडा नं. ४ का रोमन विक र केश बहादुर दमै वडा न.१० का माया भट्टराई र दिवस विकको घर बनाइदिने भएको हो ।