
रुकुम । भुकम्प कारण रूकुम पश्चिममा २७ जनाकाे मृत्यु भएकाे छ। ५३ जना घाइते भएका छन ।
रुकुम पश्चिमकाे आठबिसकाेट नगरपालिका १८ जना र सानिभेरी गाउँपालिकामा ९ जनाकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी धमेन्द्र खड्काले जानकारी दिए ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।