ट्रेन्डीङ्ग

पाल्पामा पुन:जिप दुर्घटना ८ घाइते

पाल्पा।पाल्पामा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ८  जना घाइते भएका छन।

गुल्मीदेखि बुटवलतर्फ जाँदै गरेको लु१ ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन नगरपालिका – ७ लामडाँडामा दिउँसो करिब २ बजे दुर्घटना भएको ट्राफिक कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईंले बताए । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला घाइते भएका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ का ४५ वर्षीय रेशम गिरी, गुल्मीको रुरु गाउँपालिका स्थित थोर्गाका ४५ वर्षीया तोपकला ज्ञवाली, गुल्मीको इश्मा गाउँपालिका-४ का ३९ वर्षीय दानबहादुर खत्रीको अवस्था गम्भीर रहेको छ।

प्रहरीका अनुसार उनीहरूको अवस्था भने खतरामुक्त छ। घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। जीपमा १४ जना सवार थिए।अन्यको अवस्था सामान्य छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि आजै बिहान रम्भा गाउँपालिकामा भ्यान दुर्घटना हुँदा ५ जना घाइते भएका थिए ।

आइतबार बेलुकी कार दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो। १ जना गम्भीर घाइते भएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal