
काठमाडौं।नेपाल क्रिकेट संघ(क्यान)ले त्रिदेशीय टि-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।
त्रिदेशीय टि-२० सिरिजका लागि क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
त्रिदेशीय टि-२० खेल्ने टोलीमा कप्तान रोहित पौडेल,विकेट किप्पर आशिफ शेख,कुशल भुर्तेल,कुशल मल्ल,दीपेन्द्रसिंह ऐरी,सन्दीप जोरा,गुल्सन झा,सोमपाल कामी,करण केसी, प्रतिश जिसी,ललित राजवंशी,अभिनाश बोहरा,विवेक यादव, सागर ढकाल,बिनोद भण्डारी,लोकेश बम,सूर्य तामाङ र श्याम (मौसम)ढकाल रहेका छन।
त्रिदेशीय टि-२० सिरिज खेल्ने टोलीमा सन्दीप लामिछानेको नाम भने उल्लेख छैन।उनले यस अघिनै राष्ट्रिय टिमबाट आफ्नो नाम फिर्ता लिएको सामाजिक संजाल फेसबुक मार्फत बताएका थिए।
बुधबारदेखि सुरू हुने शृंखलामा नेपाल,यूएई र हङकङले छन। प्रतियोगिता विश्वकप छनोटको तयारी स्वरुप नेपालले आयोजना गर्न लागेको हो।