सुनवल । सुनवल प्रेस क्लब र विद्यालय ब्यबस्थापन समिति महासंघ सुनवल बीच मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । सुनवल १२ भुमही स्थित रामनगर एकेडेमीमा भएकोे मैत्रीपुर्ण फुटसलमा विद्यालय ब्यवस्थापन समिती महासघले ६ गोल गरेको थियोे भने सुनवल प्रेस क्लबले ५ गोल गरेको थियो ।
विद्यालय ब्यबस्थापन समिति महासंघबाट सुर्य न्यौपानेले २ गोल जित बहादुर पुनले २ गोल, शुब्बी कवरले १ गोल र दिपक रानाले १ गोल गरेका थिए । त्यस्तै सुनवल प्रेस क्लबबाट बिकास अधिकारले सार्बाधिक ३ गोल, रमेश भुसालले १ र सुचिन न्यौपानेले १ गोल गरेका थिए ।
मैत्रीपुर्ण फुटसल प्रतियोगितामा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो ।