ट्रेन्डीङ्ग

भडरीमा भदौं २८ गतेदेखि पुरुष नकआउट भलिवल प्रतियोगीता हुदै

सुनवल । श्री नव ज्योति युवा क्लब सुनवल ११ भडरी पश्चिम नवलपरासीको अयोजनामा भदौं २८ गते देखि पुरुष भलिवल प्रतियोगीता सुरु गर्ने भएको छ । हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजको अवसर पारेर गाँउ स्तरीय नकआउट भलिवल प्रतियोगीता आयोजना गरेको क्लबका अध्यक्ष सोमनाथ काफ्लेले बताए ।

भलिबल प्रतियोगीतामा सहभागि हुने टिमले यहि भदौं २६ र २७ गते दर्ता गर्नु पर्ने क्लबले जनाएको छ । भलिबल प्रतियोगीतामा प्रथम पुरस्कार नगद रु ३० हजार ५ सय ५५ , दोस्रो पुरस्कार २० हजार ५ सय ५५ , तेस्रो पुरस्कार १० हजार ५ सय ५५ र चौथो पुरस्कार ५ हजार ५ सय ५५ साथै प्रमाण पत्र तथा शिल्डको व्यवस्था रहेको अध्यक्ष काफ्लेले जानकारी दिए।

सुनवल ११ भडरी स्थित मामी सतिसवरियाँ मन्दिर प्राङगणमा यहि भदौैं २८ गते विहान १० बजे देखि खेल संचालन हुने खेल संयोजक नरेश यादवले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?