काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा आज नेपाल र युएई खेल्दै छन्म मलेसियाको क्वालालम्पुरमा बिहान सवा ७ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण केही ढिला भएको छ ।
यसअघि लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन । नेपाल र युएईको समान ८ अङ्क छ तर, युएई नेटरन रेटको आधारमा शीर्ष स्थानमा छ ।
आजको खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।आजको खेल जितेमा नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुग्नेछ ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट, तेस्रो खेलमा भुटानलाई ३ विकेट र चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो ।
प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् ।समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन ।
फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।