ट्रेन्डीङ्ग

श्री कृष्ण धामलाई धार्मिक सगै संस्कृतिको बिकास गर्नु पर्छ : प्रदेश सांसद बस्नेत

सुनवल । पश्चिम नवलपरासीको सुनवल -४ मा रहेको
श्री कृष्ण मन्दिरमा विविध कार्यक्रम सहित श्री कृष्ण जन्माअष्टमि पुजा गरि मनाइएको छ । बिश्व कै अग्लो दामोदर स्वरुपको श्रीकृष्ण मुर्ति भएको श्रीकृष्ण धाममा एक कार्यक्रमका बिच श्रीकृष्ण जन्माअस्ट्मी पुजा २०८० सम्पन्न भएको छ ।

श्री कृष्ण बिकास धाम बिकास समितिका अध्यक्ष याम प्रसाद ढकालको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आर्तिथ्यतामा भएको कार्यक्रम बोल्दै प्रमुख अतिथि बस्नेतले यस क्षेत्रको पहिचानका रुपमा रहेको श्री कृष्ण धाम बिकासको लागि योजनाबद्ध तरिकाले लाग्ने प्रतिबद्ध व्यक्त गरेका थिए। धामलाई धार्मिक प्रतिष्ठान मात्रै नभई संस्कृतिको बिकास गर्दै पर्यटन प्रबर्द्धनका सहित अगाडि बढ्नुपर्नेमा जोड दिए।
त्यस्तै सुनवल नगरपालिकाका सस्थांपक नगर प्रमुख भिम बहादुर थापा(भरत)ले सुनवलकै पहिचान बनेको श्रीकृष्ण धामलाई पछिल्लो समयमा स्थानीय सरकारले यसको संरक्षणमा ध्यान दिन नसकेको बताए। धामको बिकास र संरक्षण गर्नका लागि स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा सुनवल-४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीले श्री कृष्ण धाम बिकासको लागि र समग्र वडाकै बिकासमा लागि परेको बताए ।

त्यस्तै कार्यक्रममा महाकवि देबकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने श्रीकृष्ण धाम सुनवल र पश्चिम नवलपरासीको पहिचान भएकोले यसको संरक्षणमा सबै योगदान रहनुपर्नेमा जोड दिए।

बिकास धामकी उपाध्यक्ष सुमित्रा तिवारीको स्वागत सगै सुरु भएको कार्यक्रम संचालक जगत प्रसाद पौडेल रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?