परासी । पश्चिम नवलपरासीमा भन्सार छलेर ल्याउदै गरेको १ लाख ५० हजार बराबरको ५० बोरा चिनी बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले चेकजांचका क्रममा सिमावर्ती हुलाकी राजमार्ग हुँदै बर्दघाटतर्फ जादै गर्दा सरावल गाउँपालिका-३ भिमटाडिं स्थिति हुलाकी राजमार्गबाट चालक सहित उक्त समान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेका अनुसार बाग्मती प्रदेश ०३-००१ च ०३०४ नं.को पिकअपमा लोड गरि सिमावर्ती हुलाकी राजमार्ग हुँदै परासी तर्फ आउदै गरेको अवस्थामा भन्सार छलेर आएको ५० बोरा चिनी बरामद भएको हो । बरामद भएको ५० बोरा चिनी २५ सय केजीको मुल्य १ लाख ५० हजार कायम गरिएको छ ।
चिनी सहित पिकअप चालक रामग्राम नगरपालीका-७ देउरवाका ३० बर्षिय सन्तोष कुमार तेलिलाई आवश्यक कार्वाहीका लागि महेशपुर भन्सार कार्यलय पठाइएको डिएसपी पाण्डेले जानकारी दिए ।