ट्रेन्डीङ्ग

सुनवलमा’जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’को तयारी पुरा

सुनवल।नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) सुनवल नगर कमिटीले “जनतासंग माओवादी विशेष रूपान्तरण अभियान” को तयारी पूरा भएको छ ।

 

पार्टी नगर कमिटि अध्यक्ष मोहन कार्कीको अध्यक्षता तथा सुनवल नगर ईन्चार्ज बुद्धन अलिको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा “घरघरमा माओवादी जनजनमा माओवादी”भन्ने नारा सहित भोलि भाद्र १६ गतेदेखी सुरु हुने ३ महिने अभियानको लागि सुनवलको १३ वटै वडामा पार्टी तयारी पूरा गरिएको नगर अध्यक्ष मोहन कार्कीले जानकारी दिए ।

अभियानका क्रममा घर घरमा जाने जनताका सुझाव संकलन गर्ने,नगर भित्र भएका अनियमितको भन्डाफोर गर्ने ,सामाजिक कार्यमा सहभागी हुँदै सहिद परिवार,घाइते अपांग बेपत्ता परिवार संग श्रमदानमा जोडिने,सहकारी माध्यमबाट एक वडा एक नमुना टिम बनाई उत्पादनमा जोड दिएर अगाडि बढ्ने उद्देश्य रहेको अध्यक्ष कार्कीले बताए।

रूपान्तर अभियानका क्रममा जनतासंग पुगेर जनताको गुनासो र सुझाव संकलन गरिने,सदस्य संख्या विस्तार गर्ने,गुनासो र जनसरोकारका विषयहरुको जानकारी लिई हल गर्ने प्रयास गरिने सुनवल नगर इन्चार्ज बुद्दन अलिले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?