ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीमा नेपाली नागरिकता लिन खोज्ने भारतीय युवा पक्राउ

परासी । पश्चिम नवलपरासीमा नेपाली नागरिकता लिन खोज्ने एक जना भारतीय नागरिक मंगलबार पक्राउ परेका छन । प्रतापपुर गाउँपालिका–६ का गौरीशंकर कुर्मीलाई बुवा बनाएर वडाबाट नागरिकताको सिफारिस लिएका भारतको उत्तर प्रदेश महाराजगञ्ज, मधवलियाका १९ वर्षीय राहुल कुर्मीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेले बताए ।

 

गौरीशंकर कुर्मीले आफ्नो सालीको छोरा राहुललाई आफू बुवा बनेर वडाबाट सिफारिस दिलाएका थिए । वडाको सिफारिस लिएर इलाका प्रशासन कार्यालय सेमरी जाँदा प्रशासनका कर्मचारीले शंका मानेर प्रहरी सर्जमिनका लागि पत्र काटेको र प्रहरीले बुझ्दा भारतीय नागरिक भएको भटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

पक्राउ परेका कुर्मीलाई नागरिकतासम्बन्धी कसुर उद्योगमा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । भारतीय नागरिकलाई नागरिकताका लागि जन्म दर्ता र सिफारिस गरिदिने गौरीशंकर कुर्मी र वडाका जनप्रतिनिधि, कर्मचारीको विषयमा पनि अनुसन्धान गर्न सरोकारवालाले माग गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?