ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीमा १० जना फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

परासी । पश्चिम नवलपरासी प्रहरीले एकै दिन १० जना फरार प्रतिवादीलाई अदालतमा पेश गरेको छ । जिल्लाका विभिन्न स्थानबाट २ महिला र ८ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो ।



जबरजस्ति करणी , जालसाझी , गालि गलौज र लुटपाटमा सम्लग्न फरार ब्यक्ति लाई जिल्ला अदालत परासीमा पेश गरीएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेले बताए।



अदालत पेश भएका प्रतिवादीमा रामग्राम नगरपालिका १७ का ६ जना र सरावल गाउंपालिका ३ का ४ जना छन् । अदालतमा पेश भएका फरार प्रतिवादी मध्य १ जनालाई ३ वर्ष जेल सजाय देखि ५० रुपैया जरिवाना तोकीएका व्यक्ति सम्म छन ।


जिल्लामा अदालतले फैसला गरेका तर फरार रहेका प्रतिवादीको कैद सजाय र जरिवाना असुलउपरका लागि प्रहरीले अभियान नै चलाएर नियन्त्रणमा लिइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal