ट्रेन्डीङ्ग

नवलपरासीमा एमसिसी विरुद्ध कोणसभा

परासी । एमसिसि सम्झौताको विरुद्ध नवलपरासीको परासीमा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न गरिएको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा परासीमा एमसिसी सम्झौता पारित भएको बिरोधमा र्‍याली सहित कोणसभा गरेको थियो पार्टी सेक्रेटरी प्रतापले जानकारी दिए ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य एवं
पश्चिम नवलपरासी जिल्ला इन्चार्ज कमल सिले जसरी पनि राष्ट्रघाती एमसिसीलाई कार्यान्वयन गर्ने दिन नहुने,यदि यो कार्यनयन भएमा देश संकटमा धकेलिने हुँदा सम्पूर्ण देशभक्त प्रगतिशिल वामपंथी एकजुट भएर प्रतिरोध गर्न जोड दिएका थिए।

उनले महंगी कालोबजारि, लघुवित्तर मिटरब्याजी विशुद्ध पनि संघर्ष गर्न उधोष गरेका थिए ।

जिल्ला सदस्य रामप्रीतको कार्यक्रमको संचालन गरेको थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal