सुनवल । मिस्टर एन्ड मिस नवलपरासी २०२३ को उपाधी अनिल थापा र कृर्ती श्रेष्ठले जितेका छन ।
मिस एण्ड मिस्टर टेनतर्फ प्रतीक क्षेत्री र पल्लमु गुरुङ साथै मिस्टर एण्ड मिस लिटलतर्फ दिक्षान्स कर्ण र सिम्रन खनालले उपाधी जितेका छन ।
फाइनल राउन्डमा २८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै मिष्टर एन्ड मिस हेरिटेज तर्फको उपाधी प्रविन पाठक र जोसना नेपालले चुमेका हुन ।
पि पोडक्सनको आयोजनामा गत जेठ २० गतेदेखि चलिरहेको दोश्रो सिजनमा मिस एण्ड मिस्टर नवलपरासी,मिस एण्ड मिष्टर टेनमा ४५ जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो ।
उक्त प्रतियोगिताको फाइनल गत भदौ ८ गते शुक्रबार सुनवल स्थित होटेल ओरियनमा भएको अर्गनाइजर प्रशान्त शाहले जानकारी दिए ।