ट्रेन्डीङ्ग

सुनवल नपाले कार्यपालिकाले गरेका निणर्यहरु वेवसाईट राख्ने

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नगर कार्यपालिकाले गरेका निणर्यहरु वेवसाईट राख्न सुरु गरेको छ ।

 

आर्थिक शुसासन र पारदर्शिताका लागी कार्यपालिकाले गरेका निणर्यहरु नगरको आफ्नै वेवसाईट मार्फत नगरवासी र सरोकारवालाहरुलाई जानकारी गराउने उदेश्यले आजैबाट यसको सुरुवात गरिएको नगराप्रमुख बिमला अर्यालले जानकारी दिइन ।

 

नगरपालिकाको विगतका वर्षको वेरुजु २४ करोड वढि भएकोले अवदेखी वेरुजु घटाउने र थप आर्थिक पारदर्शिताका लागि ५० हजार भन्दा माथिको भुक्तानी गर्दा प्रि अडिट गर्ने र ५० हजार भन्दा माथिको भ्याट विल सरोकारवालाहरुको जानकारीका लागि वेवसाईटमा राख्ने निणर्य गरेको नगर प्रमुख अर्यालले बताइन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?