![](https://safalpost.com/wp-content/uploads/2023/08/369906864_256099983979880_7926563482179707765_n.jpg)
सुनवल । पश्चिम नवलपरासीको सुनवल स्थित देवकोटा नमुना माध्यामिक विद्यालय सुनवल ४ ले विद्यार्थीहरुलाई पोशाक तथा झोला वितरण गरेको छ । पुर्व प्राथमिक तहमा अध्ययनरत ६९ जनालाई निशुल्क झोला तथा पोशाक वितरण गरेको विद्यालयले जनाएको छ ।
विद्यार्थीलाई पोशाक तथा झोला वितरण गर्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले समग्र विद्यालयको व्यवस्थापनलाई ध्यान दिदै विद्यार्थी र विद्यालयको गुणात्मक विकासको योजनालाई अगाडी सारेको बताए ।
विद्यालयको आन्तरीक स्रोतबाट पोशाक र झोला वितरण गरेको विद्यालयका प्रध्यानाध्यापक खिमलाल जोशी शर्माले बताए ।
प्रि प्राइमरीका वालवालिकाहरुलाई पढाई सँग सँगै अतिरिक्त क्रीयाकलापहरु मार्फत शैक्षिक गतिविधिहरु अगाडी वढाएको प्रि पाइमरी इन्चार्ज तिलकुमारी थापाले बताइन ।महाकवि देवकोटा नमुना विद्यालयमा साना वालवालिकाहरुलाई कोरिवाटी कार्यक्रम पनि संचालनमा रहेको छ ।