ट्रेन्डीङ्ग

राज्यले थारुलाई सिमानकृत र जनसख्याको आधारमा विभाजन गर्यो : पुर्व शिक्षा राज्यमन्त्रि चौधरी

परासी । आज टिकापुर घटना भएको ८ वर्ष पुरा भएको छ । टिकापुर घटनालाइ पश्चिम नवलपरासीका थारु समुदायले आठौं बार्षिक स्मृतिको रुपमा मनाएका छन । थारु कल्याणकारीणी सभा र थरुहट थरुवान सयुक्त संघर्ष समिति नवलपरासीले परासीमा अन्तरक्रिया गरि मनाएका हुन ।

कार्यक्रममा बाल्दै पुर्व शिक्षा राज्यमन्त्रि गोविन्द चौधरीले राज्यले थारु समुदायलाई सिमानकृत र जनसख्याको आधारमा टुक्रा टुक्रा गरेर विभाजन गरेको बताए । राणा कालिन समय र अहिलेको बर्तमान गणतन्त्रात्मक व्यवस्थापनमा शासनको व्यवस्था उहिरहेको बताउदै अबको दिनमा शासन पद्दत्तिलाई चिर्नका लागि सम्पुर्ण पहिचानवादि एक जुट हुनुपर्ने राज्य मन्त्री चौधरीले जोड दिए  ।

 

८ वर्ष अगाडी भएको टिकापुर आन्दोलनमा थारु समुदायमाथि आक्रमण भएको विरोधमा विद्रोह स्मृतिको रुपमा मनाएको थाकसका जिल्ला अध्यक्ष मुन्द्रिका प्रसाद चौधरीले बताए । यस्तै थारुहट थरुवान संयुक्त संघर्ष समितिका अध्यक्ष ओम प्रकाश चौधरीले अझै पनि घटनामा मुर्छियका ४ जना थारु जेलजिवन कटाइरहेका ति सबै निर्दोशलाइ सरकारले रिहा गर्नुपर्छ भन्ने कुरामा जोड दिएका थिए ।

त्यसैगरी थाकसका जिल्ला उपाध्यक्ष बालगोविन्द चौधरीले एकता शक्तिको इतिहास रच्ने समय आइसकेको छ, अब सचेत हुन जरुरी रहेको बताए ।सो अवसरमा केन्द्रयी पार्षद चन्द्रिका चौधरी,थाकस जिल्ला उपाध्यक्ष ठगई गुरौउ,सहसचिव जोगमाया चौधरी,भवानि शंकर चौधरी लगाएतको उपस्थिति रहेको थाकसका जिल्ला सचिव कनहै चौधरीको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal