ट्रेन्डीङ्ग

बिधि बिधानमा रहेर काम गर्न नेता कार्यकर्तालाइ आग्रह : काङ्ग्रेस नेता खनाल

सुस्ता । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री युवा नेता एवं सविधानसभा सदस्य बिक्रम खनालले काङ्ग्रेस पार्टीको बिधि र बिधानमा रहेर सम्पुर्ण नेता तथा कार्यकर्ताले काम गर्नुपर्ने बताएका छन ।

नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र न १ प्रदेश सभा (ख) को प्रदेश कार्यसमिति नवलपरासीका सभापति अनरेश कुमार जयसवालको सभापति र नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालको प्रमुख आतिथ्यतामा प्रतापपुरको त्रिभुवन क्याम्पस बेलाटारीमा भएको आन्तरिक बिशेष अभियानमा बोल्दै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवं सविधानसभा सदस्य खनालले पार्टी भित्र गुट उप गुट हुन्छ तर ब्यक्तिको होइन बिचारको हुन्छ त्यही भएर सम्पुर्ण नेता तथा कार्यकर्ता पार्टीको बिधान बिपरित नभई पार्टीको बिधि बिधानमा रहेर हिड्न र कार्य गर्न आग्रह गरेका थिए ।

नेता खनालले पार्टीको बिधि बिधान बाहेक कसैलाई केही गर्न छुट नरहेको र देशब्यापी रूपमा पार्टीले चलाएको आन्तरिक बिशेष अभियानमा समावेश भएर पार्टी भित्र रहेका तितामिठा कुराहरु पार्टी भित्र नै हुनुपर्ने ताकी कुनै चोक चौराहा,चिया पसल जस्ता ठाउँमा बसेर बिरोध गर्न नहुने बताए ।

नेता खनालले त्रिभुवन क्याम्पस बेलाटारी र त्रिभुवन माध्यमिक बिधालय बिच भएको विवादको बिषयलाई लिएर गाउँपालिकामा भएको घटना प्रती काङ्ग्रेस गम्भीर रहेको र नेपाली काङ्ग्रेस माध्यमिक बिधालय र क्याम्पस दुबै संचालन हुनुपर्ने र क्याम्पसले माध्यमिक बिधालयलाई सहयोग गर्ने र माध्यमिक बिधालयले क्याम्पसलाई सहयोग गरेर अघि बढ्नुपर्ने र दुबै संस्था सबैको साझा सम्पत्ति रहेको कारण सहज वातावरण निर्माण गरि दुबै संस्थालाई असर नपर्ने गरि अध्यापन गराउन नेपाली काङ्ग्रेस अग्रसर रहेको र नेपाली काङ्ग्रेस यस बिषयमा सचेत रहेको बताए छन ।

त्यस्तै नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला सचिव एवं प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवले पार्टीलाई भाड्ने र बिगार्ने काम गर्ने नेताहरुको अब धेरै दिन बाकी नरहेको हुदा ती नेताहरु सजक हुन आग्रह गरेका छन भने पार्टी सचिव एवं पालिका अध्यक्ष यादवले आफुहरु जनप्रतिनिधि भएर आएसकेपछि प्रतापपुर गाउँबासी र नेपाली काङ्ग्रेसका कुनै नेता तथा कार्यकर्ताको शिर झुक्ने काम नगरेको तर पार्टी भित्रकै आफुलाई ठूलो नेता मान्नेले हामीले गरेको बिकासका कामहरुको विपक्षीसंग मिलेर बाधक गरेको र दोहोरो चरीत्र देखाई रहेकोे उनले बताए ।


त्यसैगरी नेपाली काङ्ग्रेस संघीय निर्वाचन क्षेत्र न १ का सभापति मुकुल कुमार आचार्यले ब्यक्तिबादीको राजनीति नगरी पार्टीको राजनीति गर्नुपर्ने र सम्पुर्ण नेपाली काङ्ग्रेस एकजुट हुनुपर्ने किन भने पुच्छरले टाउको हल्लाउने होईन टाउकोले पुच्छर हल्लाउनु पर्ने भन्दै पार्टी भित्र रहेको गुट उप गुट त्यागेर हिडनु पर्ने बताएका छन ।

सो आन्तरिक विशेष अभियानलाई नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका प्रतिनिधि बासुदेव यादवले नेपाली काङ्ग्रेसको ऎतिहासलाई जोड्दै काङ्ग्रेसका साधारण कार्यकर्ता पनि नेता रहेकोे हुँदा पार्टीलाई जोगाउन सबैको दायित्व बराबर रहेको र सबैले आ-आफ्नो ठाउँबाट पार्टीको हितमा भुमिका खेल्नुपर्ने बताए ।

आन्तरिक बिशेष अभियानलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभाका सदस्य माननीय बिश्वप्रेम पाठकले पार्टीको कुनै ब्यक्ति नेता भइसकेपछि पार्टी संगठनलाई मजबुत गर्न लाग्नुपर्ने र आफ्नो पार्टीबाट निर्वाचित भएको पालिकाका जनप्रतिनिधिलाई सफल पार्न नेताले अहम् भुमिका खेल्नुपर्ने र बिकासका कामहरुमा हात बाटेर हिड्नु पर्ने बताए ।

त्यस्तै अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस कि नेतृ एवं सुस्ता गाउँपालिका कि उपाध्यक्ष गिता चौधरीले नेपाली काङ्ग्रेसका तल्लो कार्यकर्तामा भन्दा माथिल्लो नेताहरुमा गुट उप गुट बढी रहेको र सबै नेताहरु सुधि्रन पर्ने र अगामी निर्वाचनमा पार्टीले महिलालाई प्रमुख पदको जिम्मेवारीहरु दिनुपर्ने उनले बताइन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?