
परासी । नेपाल प्रहरी श्रीमती संघको ३९ औँ वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय परासीको आयोजनामा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका थिए ।
पश्चिम नवलपरासीका प्रहरी प्रमुख उपरीक्षक काजीकुमार आचार्य सहित जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरु गरि २९ जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एव प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक आचार्य, प्रहरी अधिकृतहरु, नेपाल रेडक्रस सोसाईटी, पृथ्वीचन्द्र अस्पतालका प्रतिनिधि एवं पत्रकारहरुको लगायतको उपस्थिति रहेको कार्यालयका सूचना अधिकारी डिएसपी पाण्डेले बताए ।