परासी । नेपाल दलित सयुक्त अधिकार संघर्ष समिति नवलपरासी संयोजकमा वीरबहादुर विश्वकर्मा चयन भएका छन।
भुमहिमा सप्पन्न भएको भएको जिल्लाका कृयशिल राजनीतिक दलका भातृ संघसंगठनहरु ,स्वतन्त्र रुपमा सामाजिक अभियानमा कार्यरत दलित समुदायका अगुवाहरुकाे जिल्ला भेलाले दलित मुक्ती मोर्चा नवलपरासी अध्यक्ष विरवहादुर विश्वकर्मा लाई संघर्ष समिति संयोजकमा सर्वसम्मत चयन गरेको हो ।
भेलाले १३ सदस्यीय सल्लाहकार समिति र ४१ सदस्यीय जिल्लास्तरिय संघर्ष समिती गठन गरेको हो।नवगठित संघर्ष समिती सदस्यहरुमा माेहन विक, राजेन्द्र रसाइली, जितन्द्र हरिजन, काशीनाथ हरिजन, गाेविनद विक, कमल परियार, बसन्ती हरिजन, बाबुराम चमार, महात्म हरिजन, ईन्द्र राेका, अरजुन श्रीपाईली , हेमा हरिजन , सुशीला गाेर्खाली लगायत चयन भएका छन।
सल्लाहकार समितिमा कर्ण परियार , अगवीर विक, नरबहादुर खाती, माेहन प्रसाद विश्वकर्मा, तारा सुनार लगायत रहेका छन।
सँङघर्ष समितिले दलितका आर्थिक, राजनीतिक, सामाजिक मुद्दाहरुमा सबै राजनीतिक तथा सामाजिक सँगठनले एक भएर अधिकारकाे दावी गर्ने उद्देश्य रहेको र दलित माथिकाे विभेद, अन्यायमा एक भएर आवाज उठाउन आवशयक भएकोले यस्तो समिति निर्माण गर्न आवश्यक भएको बताए ।
नेपाल दलित संघ नवलपरासीका अध्यक्ष माेहन प्रसाद विश्वकर्माकाे अध्यक्षता सञ्चालन भएको भेलाको नेपाल दलित मुक्ति नवलपरासीका अध्यक्ष वीर वहादुर विश्वकर्माको संचालनमा रहेको थियो ।
दलितका आर्थिक, राजनीतिक, सामाजिक मुद्दाहरुमा सबै राजनीतिक तथा सामाजिक संगठन र विभेद विरुद्ध अभियानमा अब बेग्लाबेग्लै नभएर एक्यवद्धता भएर अगाडि बढनु पर्ने वक्ताहरुको भनाई थियो ।
भेलालाई मुक्ति समाजका जिल्ला अध्यक्ष राजेन्द्र रसाइली, केन्द्रीय सदस्य कर्ण सुनार, नेकपा (एस) अर्जुन सुनार, राप्रपा नगर उपाध्यक्ष जितेन्द्र हरिजन, नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय सदस्य अगवीर विक, गाेविन्द विक, प्रेम विक लगायतले सम्बाेधन गरेका थिए ।
कार्यक्रमकाे अन्त्यमा नवगठित समितिका अध्यक्ष वीरवहादुर विश्वकर्माले सबै दलितहरूको साझा पहलले नै दलित समस्याकाे सम्बाेधन गर्नेछ भन्दै सबै एकताकाे पक्षमा लैजाने विचारसहित प्रतिबद्धता व्यक्त गरेका थिए ।