ट्रेन्डीङ्ग

नवलपरासीमा निवृत्त शिक्षक संङ्गठित अध्यक्षमा हुमनाथ आचार्य

सुनवल । नेपाल निवृत्त शिक्षक समाज नवलपरासीको अध्यक्षमा हुमनाथ आचार्य चयन भएका छन । आज शनिवार सुनवल १३ धान्यान्चल मावि वडेरामा सम्पन्न प्रथम जिल्ला भेलाले अध्यक्षमा आचार्य सहित १५ सदस्यिय नया कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।


नवगठित समितिको उपाध्यक्षमा कृष्ण प्रसाद पाण्डे,सचिवमा तिलक पौडेल, सहसचिव रामप्रसाद ज्ञवाली, कोषाध्यक्ष ज्ञानप्रसाद भट्टराई, सदस्यहरुमा मुकुन्द सुचिकार,चन्द्र भण्डारी, युवराज भण्डारी, नरसिंह प्रसाद गुप्ता, फुरसिंह चौधरी, हरिप्रसाद सापकोटा, परामानन्द गौतम र जयप्रकाश गुप्ता सर्वसम्मत चयन भएका छन।

निवृत्त शिक्षकहरु मध्य जेष्ठ शिक्षक शिवप्रसाद यादवको अध्यक्षता एवं नेपाल निवृत्त शिक्षक समाजका केन्द्रिय सहकोषाध्यक्ष मनोहरी पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलामा बोल्दै प्रमुख अतिथि पौडेलले निजामती कर्मचारी भन्दा शिक्षक पेशाहरुलाई सेवा निवृत्त हुने समयमा अत्याधित दुख दिइने गरेको भन्दै सम्मानित पेशा एवं जीविनयापनका लागी संगठनको आवश्यक रहेकोे बताइन। राज्यले निजामति कर्मचारीलाई भन्दा शिक्षकलाई निवृत हुने बेला सौतेनी व्यवहार गरेर दुख दिने गरेको उहाको गुनासो थियो।स्थानीय तहले शिक्षकको हक अधिकारलाई कुण्ठित हुने गरि शैक्षिक क्यालेन्डर निकालेको आरोप लगाइन।

कार्यक्रममा कृष्णप्रसाद पाण्डे, प्रेमलाल भण्डारी, सुनवल शिक्षक महांसघ प्रतिनिधि लक्ष्मण प्रसाद पाण्डे, निवृत्त शिक्षक महासंघ नवलपुर अध्यक्ष भागवत गौतम, रुपन्देही अध्यक्ष स्थानेस्वर बस्याल र केन्द्रिय सदस्य तिर्थराज रिमाल, विद्यालय व्यवस्थापन समिति संजाल सुनवल नगरका अध्यक्ष सुर्य न्यौपाने लगायतले शिक्षकको ग्रेड वृद्धि लगायतका विषयमा देखीएका समस्या समाधानका लागि फुटेर होइन जुटेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा ७० बर्ष उमेर माथिका १५ निवृत्त शिक्षकलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो।

निवृत्त शिक्षक हुमनाथ आचार्यको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन तिलक पौडेलको रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?