परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-२ स्थित भक्सीपुरमा रहेको रामजानकी मन्दीरका पुजारी जयसराज पाण्डे चक्कु प्रहार भएको छ ।
मंगलबार दिउँसो साढे ३ बजे अन्दाजी ५५ वर्षीय पुजारी पाण्डेको टाउकोमा चक्कु प्रहार घाइते बनाइ मोबाइल लुटेर प्रहार रहेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेले जानकारी दिए ।
घाइते पाण्डे उपचारका लागि जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ । बोल्न नसक्ने मध्यम अवस्थामा रहेका उपचारमा संलग्न डाक्टरले बताए ।जससराज पाण्डेले विगत २ बर्षदेखि रामजानकी मन्दीरमा पुजारीको रूपमा काम गर्दै आएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर बेलासपुरका प्रहरी नायव निरीक्षक पिंकल बि.क. र ईलाका प्रहरी कार्यलय महेशपुरबाट प्रहरी निरीक्षक मेघनाथ चापाँगाईको कमाण्डमा चक्कु प्रहार गर्ने मानिसको खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको डिएसपी पाण्डेले बताए ।