ट्रेन्डीङ्ग

खाना पकाउने ग्यासमा १३० रुपैयाँ घट्दा,पेट्रोल ९ ,डिजेल र मट्टीतेलमा ७ बढ्यो

काठमाडौ।नेपाल आयल निगम लिमिटेडले स्वचालित मूल्य प्रणाली लागू गर्दै मंगलबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगमको मंगलबार साँझ बसेको संचालक समिति बैठकले पेट्रोल ९ रुपैयाँ,डिजेल र मट्टितेल समान ७ रुपैयाँ प्रतिलिटरले वृद्धि गरेको छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिलिटर १ सय ३० रुपैयाँले घटाएको छ ।


मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७३ रुपैयाँ र डिजेल र मट्टितेल समान एक सय ५३ रुपयाँ प्रतिलिटर पुगेको छ ।

काठमाडौंको तुलनामा तराईका जिल्लामा प्रतिलिटर २.५० रुपैयाँ र दाङ तथा सुर्खेतमा प्रतिलिटर एक रुपैयाँ पेट्रोल र डिजेल सस्तो पर्ने गर्छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने एक हजार ६ सय ६० रुपैयाँ प्रतिसिलिन्डर कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट मंगलबार दिउँसो मूल्य बढेर आएका कारण निगमले पनि नेपााली बजारमा मूल्य समायोजन गरेको हो । १५ दिनअघिबाट निगमले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने भन्दै स्वचालित प्रणाली लागू गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal