ट्रेन्डीङ्ग

स्वतन्त्र निजामती कर्मचारी संगठनको धर्नामा प्रहरीको हस्तक्षेप : अध्यक्ष सहित केही पक्राउ

काठमाडौँ । संघीय निजामति सेवा ऐन जारी गर्न भन्दै स्वतन्त्र निजामती कर्मचारी संगठनले सुरु गरेको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ ।

सिंहदरबार दक्षिण गेटमा धर्ना दिइरहेकामध्ये संगठनका अध्यक्ष पशुपति पोखरेल र अन्य केही पक्राउ परेका छन् । संघीयता लागु भएको लामो समय बितिसक्दा पनि संघीय निजामति सेवा ऐन जारी नभएको भन्दै स्वतन्त्र निजामती कर्मचारी संगठनले दबाबमूलक कार्यक्रम गर्दै आएको छ।

संघीय निजामति सेवा ऐन छिटो जारी गर्न माग गर्दा प्रहरीको दमन भएको भन्दै संगठनले आपत्ती जनाएको छ । संगठनले प्रहरी नियन्त्रणमा रहेका अध्यक्षसहित राष्ट्र सेवक कर्मचारीहरूलाई छिटो रिहा गर्न माग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal