ट्रेन्डीङ्ग

छुवाछुत विरुद्द अभियान नेपालको प्रथम सचिवालय बैठक सुनवलमा सम्पन्न

सुनवल । छुवाछुत विरुद्द अभियान नेपालको प्रथम सचिवालय बैठक पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ । नेपालमा भएको जातिय हरण छुवाछुत भेदभावलाइ अन्तर्राष्ट्रियकरण बनाउने उदेश्य सहित गठित छुवाछुत विरुद्दको अभियानले विभिन्न निर्यण सहित प्रथम सचिवालय बैठक सम्पन्न भएको हो ।

अभियानका अध्यक्ष कर्ण बहादुर विकको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन गरि जिम्मेवारी दिएको छ । जसमा सगठनको विभाग प्रमुख नेमनारायाण हरिजन (लुम्बिनी), सचेतक रामजी घताने(गण्डकी), सचिवमा गोविन्द विश्वकर्मा (लुम्बिनी ), सहसचिवमा करवीर लोहार(कर्णाली), लुम्बिनी प्रदेश सहसंयोजकमा शिव बहादुर विश्वकर्मा, प्रचारप्रसार विभागमा केशब बहादुर चुनार र तिलकराज धेत्माल र कानुनि परामर्श विभागमा नेम नारायाण हरिजन(लुम्बिनी)लाई जिम्मेवारी तोकिएको महासचिव भुवन नागरीले जानकारी दिए ।

प्रथम सचिवालय बैठकले नेपालमा भएका विभिन्न किसिमका आन्दोलनबाट राजनीतिका परिवर्तन पश्चात सविधानमा लेख्दा समेत जातीय विभेद र छुवाछुत अन्त्य हुन् सकेकाले नेपालमा जातीय विभेद मुक्त गर्दै दलित जातिको हक र अधिकार शुनिस्चित हुनुपर्ने माग सहित अभियान देशभर विस्तार गर्दै जाने निर्णय गरिएको महासचिव नागरीले बताए ।

दलित जातिलाई राज्यले दोश्रो दर्जाको नागरिकको रुपमा हेरेको भन्दै अभियानले मनोवादी राज्य व्यवस्थाले सदैव छुवाछुत ,सामुदायिक अन्तरविरोध अन्त्य गर्ने विषयलाइ उठान गरि अन्तराष्ट्रिय स्तरमा समेत दबाद दिने उद्देश्य सहितका अभियान सुरु गरिएको अध्यक्ष कर्ण बहादुर विकले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal