ट्रेन्डीङ्ग

बर्दघाटमा ४१ औं विपि स्मृति दिवसमा ४१ जनाले गरे रक्तदान

बर्दघाट । ४१ औ बिपि स्मृति दिवसको अवसरमा रक्तदान र बृक्षारोपण कार्यक्रम गरिएको छ । नेपाली काङग्रेस बर्दघाट नगर समितीको आयोजना र जिल्ला रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आज जिमिरेभार स्थित त्रिनेत्रधाममा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य बिस्वप्रेम पाठकले काङ्ग्रेस बिपिको बिचार र सिद्धान्तमा अडिग भएर हिडनु पर्ने बताउदै बिपिको योगदानका बारेमा चर्चा गरेका थिए।नेपाली राजनीतिक ईतिहासमा राष्ट्रका लागि बिपिको अतुलनीय योगदान रहेको उनले बताए ।

नेपाली काङ्ग्रेस नगर सभापति दामोदर जिसिले बिपिलाई सम्झिनु मात्रै नभएर उहाको बिचारलाई आत्मसाथ गर्दै सबै बिपिका अनुयायीहरुले सामाजिक रुपान्तरणका लागि आ-आफ्नो क्षेत्रबाट योगदान गर्न सकिने उल्लेख गरेका थिए ।जिल्लामा रगतको अभाव खड्किन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको सभापति जिसिले बताए ।

कार्यक्रममा महिला संघ केन्द्रिय सदस्य कमला पराजुली,नगर प्रवक्ता सन्तु गाहा लगायतले काङ्ग्रेस संगठनात्मक रुपमै सचिदै आम जनताको पार्टी बन्न सक्नु पर्ने उल्लेख गरेका थिए ।सो अवसरमा नगरप्रमुख शम्भुलाल श्रेष्ठ,तरुणदल सभापति सुक बहादुर गुरुङ तथा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा ४१ जनाले रक्दान गरेका थिए। साथै त्रिनेत्रधाम मन्दीर परिसरमा ४१ वटा विभिन्न प्रजातिको बृक्षरोपण समेत गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal