ट्रेन्डीङ्ग

सुनवलमा विद्यालय कर्मचारी परिषद गठन , अध्यक्षमा दुर्गा भुसाल

सुनवल । सुनवलमा नेपाल विद्यालय कर्मचारी परिषद सुनवल नगर कमिटी गठन गरिएको छ । सुनवल नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयहरुमा कार्यरत लेखापाल र कार्यलय सहयोगी कर्मचारीको भेलाले दुर्गा भुसालको अध्यक्षतामा ११ सदस्यीय नगरकमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षमा गम्भीर खड्का , महिला उपाध्यक्षमा खगिश्वरी थापा , सचीवमा सुस्मिता कवर ,सह सचिवमा पुनम बस्याल र कोषाध्यक्षमा दुर्गादेवी चौधरी चयन भएकी छन ।


त्यसैगरी सदस्यहरुमा क्रमशः किसुन बहादुर खवास , देवी तिवारी , सरस्वती उपाध्याय , सीता कुमारी कार्की , सन्दिपा सिंह चयन भएको नवनिर्वाचित अध्यक्ष दुर्गा भुसालले जानकारी दिएकी छ्न ।


त्यसैगरी सल्लाहकारमा कोशलराज बस्याल र लोकनाथ पाण्डेलाई मनोनीत गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?