ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीमा कुष्ठरोगका नया ६८ बिमारी फेला

परासी।पश्चिम नवलपरासीमा ६८ जना कुष्ठरोगको नयाँ बिरामी फेला परेका छन।चालु आर्थिक बर्षको पछिल्लो तथ्यांक अनुसार जिल्लामा ६८ जना कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।



स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका तथ्यांक अधिकृत बजरगी चौधरीले आर्थिक बर्ष ०७९/०८० को जेष्ठ महिनाको अन्तिमसम्म कुष्ठरोगको नयाँ बिरामी ६८ जना रहेको र ८३ जना उपचारमा रहेको र ८३ जना मध्यमा निर्देशन अनुसार उपचार गरेका (आर.एफ.टि.)५९ जना रहेको बताए।




तथ्यांक अधिकृत चौधरीका अनुसार ३० जना महिला अर्थात ४४.१% प्रतिशत महिलाहरुमा कुष्ठरोग देखा परेको छ भने जिल्ला भरमा १ जना बालबालिकामा देखा परेको छ।


स्थानिय तहगत कुष्ठरोग प्रभावित हेर्ने हो भने नगरपालिकातर्फ सबैभन्दा बढी बर्दघाटमा १७ जना,सुनवलमा १५ जना,रामग्राममा ९ जना रहेका छन भने गाउपालिकातर्फ सरावलमा १२ जना,सुस्तामा ३ जना,पाल्हिनन्दनमा १० जना र प्रतापपुरमा २ जना गरि जिल्लाभर ६८ जना कुष्ठरोग प्रभावित ब्यक्तिहरु रहेको स्वास्थ्य कार्यालयको प्रतिवेदनमा उल्लेख गरेको छ।


बार्षिक प्रतिबेदन अनुसार जिल्लामा ६८ जना मध्ये ५३ वटा एम.बी नामक र १५ वटा पि.बि नामक कुष्ठरोग प्रभावित ब्यक्तिहरु रहेका छन।समुदायमा कुष्ठरोग लुकेर बसेको र पत्ता लाए पनि औषधी उपलब्धतामा कमि रहेको हुदा कुष्ठरोग प्रभावित ब्यक्तिहरुले समयमै उपचार नपाएर अगंभगं नाश भएर अपांगता तर्फ जाने गरेको समस्या रहेको चौधरीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal