ट्रेन्डीङ्ग

रामग्राममा भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

परासी।प्रहरीले पश्चिम नवलपरासीमा भाउजूको हत्या गरेको आरोपमा देवर।२६ बर्षीय भाउजु मिरा चौधरीको हत्या गरेको आरोपमा रामग्राम नगरपालिका -१० मंझरिया बस्ने २७ बर्षिय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।


पारिवारिक जग्गाको विवादका कारण हिजो असार २४ गते राति  सकरले टाउकोमा प्रहार गरी घाइते भएकी उनको रुपन्देहीको भैरहवा स्थिति मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो।टाउकोमा गम्भीर चोटले घाइते भएकी मिरालाई उपचारका लागि अस्पताल लगिए पनि डाक्टर मृत घोषणा गरेको पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए।

पोस्ट मार्टमका लागि पृथ्वी चन्द्र अस्पतालमा राखिएको र हत्या गर्ने देवर चन्दनलाई पक्राउ गरि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।मिरा चौधरी तेजनारायण चौधरीकी श्रीमती हुन।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal