
परासी।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानी मैत्री वातावरण बनाउन नसकेको बताए।
शनिबार नवलपरासी उधोग बाणिज्य संघको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले निजि क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो नभएको र लगानी मैत्री वातावरण तयार गर्ने नसकेको ढकालको भनाइ छ । उनले भने -” विभिन्न बहानामा दोषी नहठरिदैँ व्यवसायीलाई दुःख दिने काम भइरहेको छ । सरकारले व्यावसायिक र लगानी मैत्री निति लिन सकेको छैन।”
सरकारले व्यवसायी मैत्री निति नलिदा सम्मको परिस्थितिमा नयाँ लगानी गर्ने सक्ने आउने अवस्था नरहेको बताउदै अध्यक्ष ढकालले आगामी मौद्रिक नीतिपछि ब्याजदर घट्ने र थलिएको अर्थतन्त्र पुन चलायमान हुने विश्वास व्यक्त गरेका थिए। चर्को ब्याजदर, महँगो बेस रेटका कारणले शिथिल बनेको बजारलाई क्रियाशील बनाउन सरकारलाई उपायसहित सुझाव दिइएकोले सम्बोधन हुनेमा आशावादी रहेको बताए।
राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिलाई लचिलो बनाएर अर्थतन्त्र उकास्नुपर्ने बताए। ‘अहिले मुलुकको अर्थतन्त्र निकै खस्किएकाले पनि उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको छ,’उहाले भन्नु हुन्छ, ‘राष्ट्र बैंकले अहिले देखिएको समस्या समाधान गर्ने खालको मौद्रिक नीति ल्याउनेमा आशावादी रहेका छौं।” मौद्रिक निति तरलता संकुचन हुने गरी परिवर्तन गरिएका विशेष गरी अनिवार्य नगद अनुपात, बैंक दर र नीतिगत दरलगायत बजारको आवश्यकता अनुसार घटाउनु उपयुक्त हुने सुझाव दिएका छन।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं निवर्तमान जिल्ला अध्यक्ष केशव भण्डारीले पश्चिम नवलपरासीमा धेरै उधोगहरुको सम्भावना रहेको बताउदै जिल्लालाई ओैद्योगिक क्षेत्रको रुपमा बिकास गर्नु पर्ने बताए।नवलपरासी उद्योग वाणिज्य संघको १५ ओैँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहणसहित पदस्थापन गरिएको छ।