ट्रेन्डीङ्ग

ठुटीबारि जाने उपभोक्ता नै सचेत बन्दै

परासि।पश्चिम नवलपरासीको बर्दघाट ०९ बस्ने पुर्णिमा भण्डारी प्रायःजसो साप्ताहिक रुपमा ठुटीबारि जाने गर्थिन।घरमा दैनिक प्रयोजन हुने खाद्यान्न र लत्ताकपडा किन्न ठुटिबारी शनिबार जाने उनको साप्ताहिक सेडुअल नै बनिसकेको थियो।



बिगत ३ बर्ष देखी हाल सम्म निरन्तर ठुटिबारी जाने र सरसामान किनेर ल्याउने उनको यो सेडुल अहिले भने परिवर्तन भएको पुर्णीमा बताउछिन।उनी भन्छिन-” घरमा आवश्यक पर्ने दाल,चिनी,सर्फ,जिरा,मसला लगायतका सबै सामग्री ठुटी देखी नै ल्याउथ्ये।”



बर्दघाटकि पुर्णिामा मात्रै होइनन पाल्हीनन्दन गाउपालिका ०२ बस्ने राम करण हरिजन पनि घरमा चाहिने सम्पुर्ण सरसामान र खाद्यान्नहरु भारतीय बजार ठुटिबारीबाट नै लिएर जान्थ्ये।हरिजन भन्छन-“घरमा धेरै जसो चाहिने सामान भनेको नै चिनी,दाल र सर्फ हो। चिनी नेपाल ९० रुपैया किलो छ ठुटीमा ६४ रुपैयाँ किलो छ।त्यसैले यहाँ भन्दा ठुटीमा सस्तो पाइन्छ।”



पुर्णिामा भण्डारी र राम करण हरिजन केवल पात्र मात्र हुन।जसले नेपालमा स्थायी रुपमा बसोबास गर्ने तर घर परिवारलाई आवश्यक पर्ने अधिकाश सर सामन भारतिय बजार ठुटिबारीबाट लिने गर्दथ्ये।नेपाली बजारमा भन्दा चिनी, सर्फ, दाल, जिरी,मसला लगायतका कुरा सस्तोमा पाउने आसले धेरै नेपाली उपभोक्ताहरु भारतीय बजार ठुटीबारीमा बजार गर्न जाने गर्दथ्ये।तर अहिले यी दुबैको आफू र आफ्नो घर परिवारलाई आवश्यक पर्ने कुरा नेपाली बजारमा नै किन्ने गर्दछन।हरिजन भन्छन-“पहिलो त दैनिकी प्रयोग हुने सामग्रीहरु ल्याउदा महेश्वपुर भन्सारमा समान्य चेक जाच हुन्थ्यो र सहजै ल्याउन पाइन्थ्यो तर अहिले त पाइदैन त्यसैले यहि किन्छु।”



असार ५ गते देखि भारतीय बजारबाट भित्र्याउने एक सय रुपैयाँको सामानमासमेत भन्सार उठाउन सुरु गरेपछि सिमा नाकामा नेपाली उपभोक्ताको आवतजावतमा कमी आएको महेशपुर भन्सार कार्यालयका प्रमुख बुद्धि कुमार चुडालले बताए।उनले भने-“असार ५ गतेदेखी महेशपुर सिमा नाकामा कडाइ गरेका छौं।अहिले उपभोक्ताहरु नै सचेत हुनु भएको छ।दैनिकी वा साप्ताहिक रुपमा बजार गर्ने उपभोक्ताहरु निकै कम हुनुहुन्छ।”महेशपुर भन्सार कार्यालयले भन्सारमा कडाइ गरेसंगै अहिले दैनिक आवतजावत गर्ने सर्वसाधारणको सख्यामा ७५ प्रतिशतले कमी आएको छ।

 



महेशपुर भन्सार कार्यालयले सुचना नै निकालेर नेपाल भारतको सिमा नाकामा कडाइ गरेको हो।असार ५ गते देखी अहिले भारतीय बजारबाट ल्याइएका एक सय रुपै‌या भन्दा बढि मुल्यका सामानमा भन्सार उठाइएको चुडालले बताए।चुडालले भने-“सुरु सुरुमा दैनिक प्रयोग हुने समान लिन आउने उपभोक्ताहरुलाई सम्झाउन र बुझाउन निकै कठिन भएको थियो।तर अहिले त धेरै उपभोक्ताहरु सचेत हुनु भएको छ।”

 



भारतिय बजारबाट बिना भन्सार नेपालमा सामान आउँदा राजस्व न्यून उठ्ने गर्दछ।अहिले सरकारले लिएको एक सय रुपैया मुल्य बराबरको सामानमा पनि भन्सार लिग्ने निर्णयले गर्दा सीमावर्ती क्षेत्रमा हुने अबैध रुपमा हुने कारोबारलाई समेत निरुत्साहित भएको छ।भन्सार कार्यालयले एक सय भन्दा बढी मुल्यमा भन्सार लगाउने भए पछि अहिले सिमावर्ती क्षेत्रमा रहेको भारतिय बजारमा नेपाली उपभोक्ताहरुले साइकल,मोटरसाइकल,इ-रिक्सा,अटोलगायत सवारी साधनहरु लिएर बजार गर्न जाने क्रम रोकिएको छ।

 



नेपाल भारतको खुल्ला सिमामा हुने अबैध कारोबार पुर्ण रुपले बन्द हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव प्रसाद भण्डारीले बताए।उनले भने-“नेपाल भारतको सिमा नाकाबाट दैनिक उपभोग गर्ने सर-सामानहरु आउँदा नवलपरासीका बर्दघाट,परासी,सुनवल लगायत ठाउँहरुको बजार चलायमान हुन्छ र जिल्लाको व्यापार पनि राम्रो राम्रो हुन्छ।”

 



नेपाली उपभोक्ताहरुमा सिमा नाकामा रहेको भारतिय बजारमा सस्तो सामान पाइने भन्दै नेपाली उपभोक्ताहरु सिमा नाकामा रहेको भारतीय बजार जाने गरेको पाइन्छ।भन्सार कार्यालय र प्रहरीको सक्रिय निरन्तर भएमा सिमा नाकामा हुने कारोबारमा नियन्त्रण गर्न सकिने चेम्बर अफ कमर्स नवलपरासीका अध्यक्ष चन्द्र ज्योति बस्यालले बताए।उनले भने-‘भन्सार कार्यालयले अहिले गरेको निर्णय सकारात्मक रहेको छ।जसले गर्दा नेपाली व्यवसायीहरुको व्यापारमा राम्रो हुन्छ र राजस्व संकलनमा पनि वृद्धि हुन्छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?