![](https://safalpost.com/wp-content/uploads/2023/07/ferms.jpg)
परासी।नवलपरासीबाट आ.वा. २०७८/७९ श्रम स्वीकृत गरेर वैदेशिक रोजगारमा २० हजार ९ सय ७३ जना रहेको छ। श्रम स्वीकृत गरेर वैदेशिक रोजगारमा जानेको संख्या पछिल्लो ३ महिनामा बढ्दै गएको सुरक्षित आप्रवासन(सामी)कार्यक्रम सुरक्षित वैदेशिक राेजगारकाे सामि कार्यक्रम सयोजक ज्ञानेश्वर भण्डारीले बताए।
श्रम स्वीकृति नलिइ भिजिट भिसा,विधार्थी भिसा सहित अवैधानिक तरिकाले बैदेशिक राेजगारमा जानेको साथै भारतमा जानेको तथ्यांक समावेश गरिएको छैन यो तथ्यांक नवलपरासी पुर्व र नवलपरासी पश्चिमको समग्र रहेको हो भण्डारीले जानकारी दिए।
वैदेशिक राेजगारीमा गएका परिवारलाई बिभिन्न किसिमका क्षमता अभिवृद्धि गरि आयआर्जन गर्न तर्फ सचेत गराउने,रकम सदुपयोग र व्यवस्थापन कसरी गर्ने भन्ने सचेतना मुलक काम पनि सुरक्षित आप्रवासन(सामी)कार्यक्रमले गर्दै आएकाे छ।बित्तीय साक्षरता कार्यक्रम तर्फ चार सय १८ जना र प्लोअफ भएका कक्षा सचालनमा ८० जना सेवा लिएको र नि:शुल्क कानूनी सहायता अन्तर्गत तीन सय ३७ वटा बैदेशिक रोजागारीसंग देखिएको समस्या सम्बन्धी केश दर्ता भएकोमा दुई सय ४३ जनाको समधान भएको जसमा अघिल्लो बर्षको केशमा एक सय ५० जनाको समस्या समाधान गरिएको बताए।
सुचना तथा परामर्श सेवातर्फ आप्रवासी स्रोत केन्द्र उपकेन्द्र बाट बैदेशीक रोजगारी सम्बन्धी रामग्राम नगरपालिकामा एक हजार ४६,पाल्हीनन्दन गाउँपलिकामा पाँच सय ४० जना बर्दघाट नगरपालिकामा एक हजार आठ सय ६ जना सुनवल नगरपालिकामा एक हजार सात सय ६३ जना,सरावल गापामा सात सय ३ जना ,सुस्ता गापामा पाँच सय ९२ र प्रतापपुर गापामा एघार सय ३१ जना गरी कुल जिल्लामा सात हजार ६ सय २९ सेवा दिएको मनोसामजिक परामर्शकर्ता सुमित्रा चौधरीले जानकारी दिईन।
सुरक्षित आप्रवासन(सामी)कार्यक्रम नेपाल सरकार र स्वीस सरकारकाे द्विपक्षीय सम्झाैता अन्तर्गत संचालन भएकाे कार्यक्रम श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय सरकारकाे नेतृत्वमा कार्यान्वयन भइरहेको छ।स्विस सरकार विकास सहयाेगकाे तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयाेग उपलब्ध गराइरहेको छ।
सुनवल नगरपालिका,रामग्राम नगरपालिका,बर्दघाट नगरपालिका र प्रतापुर गाउँपालिकमा सामी कार्यक्रम संचालन हुँदै आएकाे छ।