ट्रेन्डीङ्ग

वेस्ट इन्डिज पहिलो पटक एकदिवसीय विश्वकप नखेल्ने

काठमाण्डाै।वेस्ट इन्डिजले एकदिवसीय विश्व कप छनौटबाट बाहिरिएको छ।आज भएको आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको खेलमा स्कटल्यान्डसँग हारेपछि वेस्ट इन्डिज इतिहासमा पहिलो पटक एकदिवसीय विश्व कप नखेल्ने भएको हो।

 

जिम्बावेको हरारेमा वेस्ट इन्डिजले दएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३ ओभर ३ बलमा तीन विकेट गुमाएर पूरा गर्यो।उसका ब्रान्डर म्याक मलनले ६९ र म्याथु क्रसले ७४ रन बनाए।स्कटल्यान्डले वेष्ट इन्डिजसँग अहिलेसम्म चार पटक एकदिवसीय खेलेकोमा आज पहिलोपटक जित निकालेको हो।यसअघि हरारेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ४३ ओभर ५ बलमा १ सय ८१ रन बनाउँदा अलआउट भयो । उसका लागि ज्यासन होल्डरले सर्वाधिक ४५ रन बनाए।

 

स्कटल्यान्डका ब्रान्डन म्याक मलेनले ३ तथा क्रिस ग्रिभ्स,मार्क वाट र क्रिस सोलले २२ विकेट लिए।सुपर सिक्समा वेष्ट इन्डिज पाँचौँ स्थानमा छ।सुपर सिक्सका उत्कृष्ट दुई टोली विश्व कपको लागि छनोट हुनेछन।समूह चरणको अन्तिम खेलमा वेस्टइन्डिज सुपर ओभरमा नेदरल्यान्ड्ससँग पराजित भएपछि विश्व कप यात्रा निकै कठिन बनेको हो।

सुपर सिक्समा वेस्ट इन्डिज पाँचौँ स्थानमा छ । सुपर सिक्सका शीर्ष दुई टोली विश्वकपको लागि छानिने छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal