परासी।पश्चिम नवलपरासीको सुनवलमा छोराले धारिलो हतियार प्रयोग गरेर ५० बर्षीय आमाको हत्या गरेका छन।सुनवल नगरपालिका-१३ बिचैयापूरकि ५० बर्षीय बुद्दिरानी मुसहरलाइ उनकै छोरा २५ बर्षीय शिव कुमार मुसहर हत्या गरेको प्रहरीले जनाएको छ।
पारिवारिक विवादका क्रममा सोमबार दिउँसो ४ बजेतिर शिव कुमारले आमालाई घाटीमा धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारि भोजराज पाण्डेय जानकारी दिए।हरियार प्रहारबाट घाइते भएकी बुद्दिरानिको घटनास्थलमै मृत्यु भएको डिएसपी पाण्डेयले बताए ।
आमाको हत्यामा संलगन छोरालाई रुपन्देहीको गैडहवा-८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा नियन्त्रण लीएको प्रहरीले जनाएको छ।पक्राउ परेका शिवकुमारलाइ कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।बुद्दिरानी,श्रीमान र छोरा सग बस्दै आएकी थिइन।
पश्चिम नवलपरासीमा आर्थिक बर्ष २०७९/८० मा ४ वटा कर्तव्य जानको मुद्दा परेको छ जसमध्य ३ जना पक्राउ परेका छ भने १ जना विदेशी नागरिक फरार रहेको डिएसपी पाण्डेयले जानकारी दिए।