परासी।पश्चिम नवलपरासीमा रगत अभाव भएको छ।रगतको माग बढ्दै गएको र रक्तदाता कम हुँदा रगत अभाव भएको हो।जसका कारण कतिपय बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ।
अहिले दैनिक १५ पिन्टसम्म रगतको माग हुने गरेको छ तर रक्तसञ्चार केन्द्रमा दैनीक १० पिन्टभन्दा बढी रगत उपलब्ध नभएको रक्तसञ्चार केन्द्र परासीका संयोजक सुरज केसीले बताए।
रगत सकिएपछि आकस्मिक रूपमा रक्तदान गरेर रगत संकलन गरिँदै आएको छ।बुटवल–भैरहवाबाट समेत माग आउने गरेकाले रगतको अभाव बढेको हो।
दुर्लभ समूहको रगतका लागि मानिसलाई नै सम्र्पकमा राखिने गरेको छ भने अन्य गु्रपका रगत रक्तसञ्चार केन्द्रमा स्टकमा राख्ने गरिएको छ।अहिले बिरामीको चाप बढेको र रक्तदानका कार्यक्रम नभएका कारण बिरामीलाई रगत उपलब्ध गराउन हम्मेहम्मे परेको संयोजक केसिले बताए।
रगतको अभाव हुन नदिन सबैमा रक्तदान गर्न रक्तसञ्चार केन्द्रले आग्रह गरेको छ।विशेषगरी सीमावर्ती पालिकाबाट रगतको माग बढी भए पनि स्थानीयले सचेतनाको अभावमा ग्रामीणभेगका बासिन्दाले रक्तदान गर्न आनाकानी गर्ने गरेका छन।