ट्रेन्डीङ्ग

नवलपरासीको नन्दन तालमा ७० सारस भेटिए

photos:RAJENDRA SUWAL/WWF NEPAL

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकास्थित नन्दनतालमा ७० वटा सारस भेटिएका छन।नेपाल जियोलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरिएको सर्वेक्षणमा उक्त सारस भेटिएका हुन।

 

परासी सहित बृहत लुम्बिनी क्षेत्रमा सारस गणना गरिएको थियो।सर्वेक्षणका क्रममा नन्दन तालसहित बृहत लुम्बिनी क्षेत्रमा गरिएको गणनामा दुर्लभ श्रेणीका ६५२ वटा सारस भेटिएको हो।

 

 

लुम्बिनी प्रदेशका कपिलवस्तु,रुपन्देही र परासीमा अध्ययन सर्वेक्षण गरिएको पन्छी अनुसन्धानकर्ता डा. हेमबहादुर कटुवालले जानकारी दिए। कटुवालका अनुसार २८ जनाको १४ वटा टोलीले गरेको सर्वेक्षणका क्रममा कपिलवस्तुमा २ सय,रुपन्देहीमा ३८२ र परासीमा ७० वटा सारस भेटिएका हुन्।दुर्लभ श्रेणीमा रहेका सारसलाई नेपालका ९ वटा संरक्षित पक्षीहरुको सूचीमा राखिएको छ ।

 

 

सारस विशेष गरी कपिलवस्तुका जगदीशपुर कृत्रिम ताल र बझाहा ताल, रुपन्देहीका विष्णुपुरा, गैंडहवा ताल, खडैया इटा भट्टा, दुई मुहान,माझगाउँ,औरधौली पूर्व, बबई दुर्गा मन्दिर,आजमघाट तथा परासीको नन्दन तालमा गणना गरिएको हो।

 

 

यस भन्दा अगाडि यो क्षेत्रमा कति सारस थिए भन्ने यकिन थिएन । गत अप्रिल र मे महिनाको बीचमा बृहत् लुम्बिनी क्षेत्रमा ९३ वटा,५-५ किलोमिटर ग्रिडहरूमा टोलीले बृहत् व्यवस्थित सर्वेक्षण गरेको थियो।सारस सिमसार क्षेत्रमा बसोबास गर्छ।

 

 

नेपाल लगायत दक्षिण एसिया र दक्षिणपूर्वी एसिया एवं अस्ट्रेलियाको रैथाने ठूलो चराका रूपमा रहेको यो प्रजातिको सारस ६ फिटसम्म अग्लो हुन्छ।यो उड्ने चरामध्ये सबैभन्दा अग्लो चरा हो। तस्बिर:साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?