सुनवल। सुनवल नगरपालिकामा विभिन्न राजनीतिक दलहरुले विभिन्न १२ बुदे माग सहित ज्ञापन पत्र बुझाएका छन।विगत केही दिनदेखी सुनवल नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारी अभावमा विकास योजना साथै नगरको दैनिक कार्यसञ्चालन,अनुगमन लगायत कार्य प्रभावित भएको भन्दै सुनवल नगरप्रमुख बिमला अर्याललाई स्थानीय पाँच राजनैतिक दलले ज्ञापन पत्र बुझाएका हुन।
ज्ञापन पत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नियुक्ति भई आएका कर्मचारीलाई समेत राजनैतिक पुर्वाग्रह राखी हाजिर हुन नदिनु दुखद भएको जनाएका छन।
यस्तै उनिहरुले नदिजन्य पदार्थको चोरी निकासी बन्द गर्न,तुरिया खोलाको ठेक्का विना प्रकृया अमुक कम्पनीलाई दिने निणर्य भएकाले त्यसको वास्तविकता पारदर्शी रुपमा सार्वजनिक गर्न,नगरपालिकालाई पार्टी कार्यालयको रुपमा प्रयोग गर्ने काम वन्द गर्न माग गरेका छन।
यस्तै आवश्यकता विना र आधार प्रकृया पुरा नगरी आफ्ना कार्यकर्तालाई कर्मचारीको रुपमा भर्ना गर्ने कार्य वन्द गर्न,नगरबाट संचालन हुने तालिम गोष्ठि र अनुगमनका नाममा छुट्याईएको वजेट काम नभई वा पुरा काम नभई गोप्य कोटेशन र कागजी प्रकृया आधारबाट मात्र पुरा गरी भुक्तानी भएको देखीन आएको र यसबाट ठुलो रकम हिनामिना भएको देखिएकोले यस किसिमका कार्य वन्द गर्न माग गरेका छन।
भ्रमणका फुजुल खर्च बन्द गर्न,नगरका महत्वपुणर् योजना राजनैतिक दल र सरोकारवालालाई सहभागिता नगरपालिकाको बजेट वितरणमुखी नभई परिणाममुखी बनाईनुपर्ने,कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त र हालै सरुवा भई आएका प्रमुख प्रशासकिय अधिकृतलाई तत्काल हाजिरी गराई सेवा सुचारु गर्न माग गर्दै विगतमा सुरु भएका गौरवका आयोजनालाई निरन्तरता दिन माग पनि गरिएको छ ।
ज्ञापन पत्रमा नेपाली कांगे्रस,नेकपा माओवादी केन्द्र, राष्टिय स्वतरन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी र राष्टिय जनमोर्चाको हस्ताक्षर रहेको छ। ज्ञापनपत्र बुझाउदै तीन दिनभित्र माग पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरिने माओवादी केन्द्रका नगर अध्यक्ष मोहन कार्कीले बताए ।
उक्त ज्ञापनपत्र बुझ्दै नगरप्रमुख अर्यालले ज्ञापनपत्रमा रहेका कतिपय कुराहरु सान्र्दभिक र सकारात्मक रहेको बताउदै आगामी पाँच वर्ष भित्र सुनवल नगरपालिकालाई आम्दानीको स्रोत बढाउने योजना ल्याउने बताइन।
प्रमुख प्रशासकिय अधिकृतको विषयमा बोल्दै नगर प्रमुख अर्यालले यसअघिकै प्रमुख प्रशासकिय अधिकृतको यथावत रहेको पत्र कायम गरिएको बताइन।तर केही व्यक्तिहरुको चलखेलमा फेरवदल गरिएको भन्दै उनले यो वेथितिलाई चिर्नकै लागि केही समय नया प्रमुख प्रशासकिय अधिकृतलाई रोकीएको र आगामी आईतवारदेखी प्रमुख प्रशासकिय अधिकृतबाट हुने सवै कामहरु पूर्ण रुपमा सुचारु हुने बताईन।ज्ञापनपत्र: